Logo
RANGASHALA NEWS
BREAKING NEWS
No breaking news available
Nepal Flag

धम्बोझीमा शनिबार चौथो खुला व्यायाम प्रतियोगिता हुँदैं, सम्पुर्ण तयारी पुरा

December 26, 2025

नेपालगन्ज, पुष ११ गते नेपालगन्जमा शनिबार चौथो खुला ब्यायाम प्रतियोगिता हुने भएको छ । नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्स नेपालगन्जको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरका १ सय बढी खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ । प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिका–०१ धम्बोझीमा रहेको एन्फा ग्रासरुट फुटबल मैदानमा हुनेछ । प्रतियोगिता आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ ले संयोजन गरेको छ । युवाहरुलाई खेलकुदको माध्यमबाट स्वस्थ बनाउन खेलकुद महत्वपुर्ण हुने भएकोले प्रतियोगिता आयोजनामा सहकार्य गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ अध्यक्ष प्रमोद रिजालले बताउनु भयो । उहाँले भन्नु भयो,‘नेपालगन्जको लागि यो नयाँ खेल हो । हाम्रो वडाले खेलकुदलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको छ । हामी वडालाई खेलकुदको हब बनाउने प्रयास गरिरहेको छौं । खेलकुदमा मात्र हामीले पाँच करोड भन्दा बढी रकम खर्च गरिसकेको छौं । यसले हाम्रो वडा खेलकुदको क्षेत्रमा देशकै अग्रणी रहेको पुष्टि गर्छ ।’ खुला ब्यायाम प्रतियोगितामा वैज्ञानिक आधारमा तय गरिएका फिटनेसका मुल आधारहरु स्टे्रन्थ, इन्डुरेन्स र स्टामिना जस्ता विभिन्न शारीरिक चुनौतीहरु मार्फत सहभागीको फिटनेस अवस्था परीक्षण गर्ने गरेको प्रतियोगिता नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्स नेपालगन्जका अध्यक्ष तिलक शाहीले बताउनु भयो । शाहीका अनुसार प्रतियोगितालाई रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन मुख्य रुपमा बार इभेन्ट र सरर्किट गरी दुई प्रमुख विधामा विभाजन गरिएको छ । प्रतियोगिता संयोजक प्रकाश कठायतका अनुसार पुरुष सर्किट, महिला सर्किट,पुरुष बार र फन रन विधामा खेलाडीहरुले सहभागिता जनाउनेछन् । आम मानिसहरुलाई पनि प्रतियोगितामा सहभागि गराउने उद्देश्यले ५ किलोमिटर फन रन विधा पहिलो पटक समावेश गरिएको आयोजकले जनाएको छ । ८ लाख ४० हजार बजेट रहेको प्रतियोगिताको पुरुष सर्किट, महिला सर्किट, पुरुष बार इभेन्ट्समा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश जनही २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार, मेडल प्राप्त गर्नेछन भने फन रनका विजेताले क्रमश १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा निर्णायकको रुपमा विश्वराज तामाङ घिसिङ, युवराज बस्नेत, सुरज डंगोल, डेभिट प्रधान क्षितिज सिंह क्षेत्रीले भुमिका निर्वाह गर्नुहुनेछ । प्रतियोगिताको गत वर्ष भएको तेस्रो संस्करणमा पुरुष बारमा क्षितिज सिंह क्षेत्री, पुरुष सर्किटमा सुनिल खड्का र महिला सर्किटमा निकिता भट्टराई च्याम्पियन हुनु भएको थियो ।

Back to news
WhatsApp