Logo
RANGASHALA NEWS
BREAKING NEWS
No breaking news available
Nepal Flag

विश्वकप ग्लोवल क्वालिफायरको लागि २६ क्रिकेटर छनोट

December 04, 2025

रंगशाला समाचारदाता काठमाडौं, १८ मंसिर आइसिसी महिला ट्वान्टी–२० विश्वकप ग्लोवल क्वालिफायरको लागि बिहीबार २६ सदस्यीय प्रारम्भिक नेपाली टोली घोषणा भएको छ । अर्काे महिना काठमाडौंमा सुरु हुने छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ(क्यान)ले प्रारम्भिक नेपाली टोली घोषणा गरेको हो । क्यान प्रवक्ता छुम्बी लामाले बिहीबार विज्ञप्ति जारी गर्दै प्रारम्भिक छनोटमा परेका २६ खेलाडीको सूचि सार्वजनिक गरेको हो । प्रवक्ता लामाका अनुसार प्रारम्भिक छनोटमा परेका खेलाडीमा इन्दु बर्मासहित राजमती ऐरी, सम्झना कुमारी खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिष्ट, रचनाकुमारी चौधरी रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना क्षेत्री, सना प्रविण, किरण कुँवर, अलिसा यादव, इश्वरी बिष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दुरावल, लक्ष्मी सावद, मनिषा उपाध्याय, सिमाना केसी, अनु कडायत, सिता राना मगर, काजोल श्रेष्ठ, अस्मिना कर्माचार्य र ममता चौधरी रहनु भएको छ । आगामी पुष २८ गतेबाट काठमाडौंमा सुरु हुने ग्लोबल क्वालिफायरको लागि नेपाली टोलीलाई तत्काल बन्द प्रशिक्षणमा राखिने प्रवक्ता लामाले जानकारी गराउनु भयो । मुलपानी क्रिकेट रंगशालाका दुवै मैदानमा माघ १८ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सहभागी टिमलाई दुई समूहमा विभाजित गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा बंगलादेश, नामिबिया, नेदरल्यान्ड्स र पपुवान्युगिनी छन । यसैगरी समूह ‘ए’ मा आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, अमेरिका र जिम्बाब्वे छन् । दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष चार टोली सन् २०२६ जुन १२ देखि जुलाई ५ सम्म इङलयान्ड र वेल्समा हुने महिला ट्वान्टी–२० विश्वकपलाई छनोट हुनेछन् ।

Back to news
WhatsApp