November 15, 2025
कालपृष्ठ समाचारदाता काठमाडौं, २९ कात्तिक नेपाली भलिबलको प्रतिष्ठित प्रतियोगिता टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने भएको छ । काठमाडौं शनिबार भएको पत्रकार सम्मेलनमा आयोजक टाइगर गुप्र अफ पोखराले प्रतियोगिताको पुरस्कार राशिको बारेमा सार्वजनिक गरेको हो । प्रतियोगिताको उपविजेतालाई ३ लाख ६६ हजार ६ सय ६६ तथा तेस्रो स्थान हासिल गर्नेलाई १ लाख ६६ हजार ६ सय ६६ प्रदान गरिने छ । प्रतियोगिताको छैटौं संस्करण माघ ९ गतेदेखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । सर्वाेत्कृष्ट खेलाडीलाई २६ हजार ६ सय ६६ तथा उत्कृष्ट सेटर, सर्भर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई समान ११ हजार ६ सय ६६ रुपैयाँ प्रदान गरिनेछ । आयोजकले कान्तिपुर मिडिया ग्रुप र सुश्री मिडिया प्रालिसँग सम्झौता गरेको छ । सम्झौता अनुसार कान्तिपुर म्याक्सले प्रतियोगिताको प्रत्यक्ष प्रसारण तथा सुश्री मिडियाले मार्केटिङ तथा प्रचार प्रसारको काम गर्नेछन् ।
Back to news