Logo
RANGASHALA NEWS
BREAKING NEWS
No breaking news available
Nepal Flag
Football
Football

दोस्रो योगिनी कप फुटबलको तयारी सुरु

January 11, 2026

गणेश राई,

योगिनी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण माघ महिनामा हुने भएको छ । योगिनी युवा क्लबको आयोजनाम हुने प्रतियोगिता बाँके खजुरा गाउँपालिका वडा नम्बर २ गौघाट स्थित योगिनी माविको खेल मैदानमा हुनेछ ।
आइतबार बसेको क्लबको बैठकले प्रतियोगिता माघ १५ देखि आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता तयारी अब तिव्र गतिमा अगाडी बढाउने योगिनी युवा क्लबका अध्यक्ष कमल पुन मगरले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘हामीले युवाहरुलाई खेलकुदको माध्यमबाट सकारात्मक काम गर्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हौं । प्रतियोगिताले स्थानीय स्तरबाट प्रतिभावान खेलाडी उत्पादनमा पनि सहयोग गर्नेछ ।’

प्रतियोगितामा लुम्बिनी प्रदेशका क्लबहरुलाई प्राथमिकतामा राखेर आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक गणेश राईले बताउनु भयो । प्रतियोगिता बाँके जिल्ला फुटबल संघको नियम अनुसार आयोजना गरिने संयोजक राईले बताउनु भयो ।

आइतबार प्रतियोगिता आयोजनाका बारेमा छलफल गर्नको लागि क्लबले विशेष भेलाको समेत आयोजना गरेको थियो । भेलामा बाँके जिल्ला फुटबल संघका महासचिव एवम् क्लबका संस्थापक महासचिव कमल खत्री, संस्थापक गणेश राई लगायतको सहभागिता रहेको थियो ।

महासचिव कमल खत्रीले प्रतियोगिताको स्तरलाई बढाउन देश–विदेशमा रहनु भएका सम्पुर्ण शुभचिन्तक र फुटबल प्रेमीहरुलाई सहयोग गर्न अपिल गर्नु भयो । उहाँले भन्नु भयो, ‘खजुरा खेलकुदको लागि उर्वर भुमी हो । यहाँबाट राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भएका छन् । अब योगिनी कपलाई निरन्तरता दिदैं युवालाई फुटबल प्रति लगाव बढाउन प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने विश्वास छ ।’

प्रतियोगिताको व्यवस्थापनलाई बलियो बनाउन क्लबका अध्यक्षका कमल पुनको संयोजकत्वमा मुल आयोजक समिति, संस्थापक गणेश राई प्रतियोगिता संयोजक, संस्थापक महासचिव कमल खत्रीको संयोजकत्वमा समन्वय र प्रचारप्रसार उपसमिति, वरिष्ठ सदस्य भोपाल शाहीको संयोजकत्वमा आर्थिक उपसमिति समेत गठन गरिएको छ । प्रतियोगिताको पुरस्कार राशीको बारेमा छिटै सार्वजनिक गरिने क्लबले जनाएको छ ।

Back
WhatsApp