Logo
RANGASHALA NEWS
BREAKING NEWS
No breaking news available
Nepal Flag
Athletic
Athletic

नेपालगन्जको एन्जल्स स्कुललाई नेपालगन्ज ट्रफी

November 30, 2025

नेपालगन्ज म्याराथन आयोजक कमिटीले यसबर्षदेखि विद्यालयस्तरमा दौडको लोकप्रियता बढाउन स्थापना गरेको ‘नेपालगन्ज ट्रफी’ यसबर्ष एन्जल्स स्कुलले प्राप्त गरेको छ । नेपालगन्ज म्याराथनको ११औं संस्कराण्मा सर्वाधिक दर्ता गराउने विद्यालयलाई यो ट्रफीबाट सम्मानित गर्ने आयोजक कमिटीको पुर्वनिर्धारित निर्णयअनुसार एन्जल्स स्कुल छनोटमा परेको हो ।

कार्यक्रमका प्रमुख आकर्षण महानायक राजेश हमालले स्कुलकी निर्देशक विवेचना मल्ललाई ट्रफी हस्तान्तरण गर्नु भयो । एन्जल्स स्कुलबाट एक सय दश जनाले भाग लिएका थिए । बाँके जिल्लास्तरीय स्कुल दौडमा छात्रातर्फ दीपशीखा शाही, ज्ञानदेवी महतारा र अप्सरा बम तथा छात्रतर्फ अरविन्दकुमार यादव, अरमन अहमद दर्जी र किरण रोकायले शीर्ष तीन स्थान हासिल गर्नु भयो ।

किड्स रनतर्फ ब्राइटल्याण्ड स्कुलका नमांसु थापामगर, सगरमाथा ज्ञानकुन्जका सुजन शाही र ब्राइटल्याण्डकै निकेस फडाराले क्रमशः शीर्ष तीनको स्थान हासिल गरे । ह्वीलचेयर दौडमा पारसराम बढई, राजेश हरिजन, मनकुमारी परियारले शीर्ष तीन स्थान हासिल गर्नु भयो ।
विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनराज गौतम, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड–२०२५ लुना लुईंटेल, मिस नेपाल वल्र्ड–२०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुर्य थपलिया, एभरेस्ट म्याराथनका संस्थापक विक्रम पाँडेकाजीलगायतले पुरस्कृत गर्नु भयो ।

Back
WhatsApp